ह्युमन राइट्स एन्ड जस्टिस सेन्टर (एचआरजेसी) ले नेपालमा  यातना, जबर्जस्ती बेपत्ता, गैरन्यायिक हत्या र यौन हिंसा जस्ता मानव अधिकार उल्लङ्घनको पीडितहरूको न्यायको पहुँचलाई सुदृढ गर्छ ।

सन् २०१६ मा नेपालमा दर्ता गरिएको र काठमाडौँमा अवस्थित यस संस्था जेनेभास्थित गैर सरकारी संस्था ट्रायल इन्टरनेसनलको सहयोगमा स्थापना भएको हो । ट्रायल इन्टरनेसनलले जघन्य अपराधहरू विरुद्धका कार्यहरूमा विशेष दखल राख्दछ ।

थप पढ्नुहोस्

हामी के गर्छौ

खोजपूर्ण र सहभागितामूलक विधि

एचआरजेसीले कुनै पनि पीडितलाई उसको पृष्ठभूमि, वा धार्मिक वा राजनैतिक आवद्धता उपर तटस्थ रही निःशुल्क कानुनी सहयोग तथा प्रतिनिधित्वको सेवा प्रदान गर्दछ ।

थप पढ्नुहोस्

क्रियाशील सबैलाई सबल बनाउने

एचआरजेसी नेपालका न्यायिक क्षेत्रमा क्रियाशीलहरुबीच मानवअधिकार संस्कृति निर्माण गर्ने उद्देश्य राख्दछ । तसर्थ, यसले कानुन व्यवसायीहरुलाई विशिष्टिकृत ढंगको प्रशिक्षण तथा कोचिंङ्गहरु गर्नुका साथै डकुमेन्टेसन (दस्तावेजीकरण) र मुद्दा दायर गर्ने जस्ता क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुलाई कानुनी सहायता पनि प्रदान गर्दछ ।

थप पढ्नुहोस्

वृहत्तर सहकार्यलाई प्रोत्साहन

संरचनागत तहहरुमा पनि परिवर्तन हुनु पर्दछ भन्ने कुरामा एचआरजेसी विश्वास गर्दछ । तसर्थ यसले राष्ट्रिय निकायहरुसँग निष्पक्ष कानुन र नीतिहरुका लागि पक्षपोषण (लविङ्ग) गर्दछ । त्यस काममा यसले खासगरी संयुक्त राष्ट्रसंघीय मानव अधिकार निकायका निर्णयहरु कार्यान्वयन गराउन जोड
दिने गर्दछ ।
थप पढ्नुहोस्

समाचार

कहिलेकाहिँ त अब फर्कनुहुन्न जस्तो लाग्छ, तर भन्छन् नि सास रहेसम्म आश बाँकी रहन्छ !

कहिलेकाहिँ त अब फर्कनुहुन्न जस्तो लाग्छ, तर भन्छन् नि सास रहेसम्म आश बाँकी रहन्छ !

बेपत्ता परिएकाहरुको सवालमा सबै पक्षले समान कष्ट बेहोर्नुपर्छ; पक्राउ पर्ने र साथै परिवारले पनि। राममाया नकर्मी, ४४, आफ्ना सबै सामानहरु समेटेर फेरी नयाँ ठाउँमा डेरा सर्दैछिन्। उनी आफ्नी छोरी लुमना नकर्मीसंग भाडामा कोठा लिएर बस्छिन्। पछिल्लो पाँच वर्षमा उनले डेरा...

नेपालको यौनहिंसा सम्बन्धिको कानुन अपुग भएको र अपर्याप्त रुपमा कार्यान्वयन भएको

ह्युमन राईट्स एण्ड जस्टिस सेन्टर र यसको साझेदारी संस्था ट्रायल इन्टरनेसनलले यौन हिंसासँग सम्बन्धित नेपालको कानुनहरुको विस्तृत विश्लेषण बुझाएका छन् । कागजमा प्रगती विवरणहरु उल्लेख गरेतापनि व्यवहारमा उपयुक्त मापदण्डहरु कार्यान्वयन गरिएको पाईदैन । यी संस्थाहरुले यो...

स्रोतहरु

अन्य

हाम्रो कर्मचारी

एचआरजेसीमा केवल नेपाली कर्मचारीहरु मात्र रहेका छन् । यसको रोस्टरमा रहने हरेक अधिवक्ताहरुको चयन उनीहरुको योग्यता र मानव अधिकारप्रतिको योगदानलाई आधार बनाई सुझवुझपूर्ण तरिकाले गरिन्छ ।

राजश्री विष्ट शाक्य
आर्थिक तथा प्रशासनिक अधिकृत

थप पढ्नुहोस्

सलिना काफ्ले
कार्यकारी निर्देशक

थप पढ्नुहोस्

ओजस्वी केसी
मानव अधिकार अधिकृत

बोर्ड सदस्यहरु

कपिल अर्याल
अध्यक्ष
थप पढ्नुहोस्

सलिना काफ्ले

प्रवीण सुबेदी
थप पढ्नुहोस्

निराजन थपलिया
थप पढ्नुहोस्

अंकित बाबु अधिकारी
थप पढ्नुहोस्

टेस्टिमोनी

“न्याय प्राप्तीबाट मात्रै मैले आफ्नो संघर्ष अन्त्य भएको महसूस गर्नेछु। यसले जे भएको थियो त्यसलाई मेटाउने छैन तर मेरो गरिमा फिर्ता ल्याउने छ। “
अमलिना (pseudonym), यातना पीडित

“मानव अधिकार तथा न्याय केन्द्र पीडित र अधिवक्ता दुवैथरीलाई सवल तुल्याउने एक विशेष परियोजना हो । उत्कृष्ट परिणामा हासिल गर्नका लागि स्थानीय व्यक्तिहरुलाई जोड्नमा हामी सहकार्यको विधिमा विश्वास गर्दछौँ ।”

कपिल अर्याल, अध्यक्ष, एचआरजेसी

“ह्युमन राईट्स एण्ड जस्टिस सेन्टरमा दिईएको तालिमले मलाई मेरो क्षेत्रमा निरन्तर हुने गम्भीर मानव अधिकार उल्लङ्घनका मुद्दाहरूमा अन्तर्राष्ट्रिय ध्यानार्कषण गर्न मार्गदर्शन गरेको छ। म यसको लागी ह्युमन राईट्स एण्ड जस्टिस सेन्टरको आभारी छु। “

राम विकास चौधरी, मानव अधिकार रक्षक

“मलाई म संयुक्त राष्ट्रसंघ अघि आफू जस्तै थुप्रै पिडितहरूको आवाज भएको महसुस गरेकी छु र म कानुनी सहयोगको लागी ह्युमन राईट्स एण्ड जस्टिस सेन्टरलाई धन्यवाद दिन चाहन्छु।”

पायल, द्वन्दकालिन यौनहिंसा पिडित

“ह्युमन राईट्स एण्ड जस्टिस सेन्टरले तालिमहरू मार्फत दिएको ज्ञानले मेरो बुझाई मात्र बढाएको छैन कि यसले मलाई गम्भीर मानव अधिकार उल्लङ्घनका पिडितहरूको उन्नत प्रतिनिधित्व गर्न सशक्तिकरण गरेको छ।”

हरि नारायण चौधरी, वकिल

हाम्रो सम्पर्क

के यहाँ नेपालमा दण्डहीनता विरुद्ध लड्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्था हुनुहुन्छ ? हामी साझेदारीका लागी अवसरहरू छलफल गर्न हामी खुसी व्यक्त गर्छौं।

ह्युमन राइट्स एन्ड जस्टिस सेन्टर
ज्वागल-१०, ललितपुर
(एसियन कलेज अफ साईन्स एण्ड टेक्नोलोजीको नजिक)
नेपाल

+९७७ ९८१८ ०१८ ९२४
contact@hrjc.org.np