ABOUT US

ह्युमन राइट्स एन्ड जस्टिस सेन्टर (एचआरजेसी) ले नेपालमा यातना, जबर्जस्ती बेपत्ता, गैरन्यायिक हत्या र यौन हिंसा जस्ता मानव अधिकार उल्लङ्घनको पीडितहरूको न्यायको पहुँचलाई सुदृढ गर्छ । सन् २०१६ मा नेपालमा दर्ता गरिएको र काठमाडौँमा अवस्थित यस संस्था जेनेभास्थित गैर सरकारी संस्था ट्रायल इन्टरनेसनलको सहयोगमा स्थापना भएको हो । ट्रायल इन्टरनेसनलले जघन्य अपराधहरू विरुद्धका कार्यहरूमा विशेष दखल राख्दछ ।

दण्डहीनताको एक दशक भन्दा बढी

वि. स. २०५२ देखि २०६३ सम्म नेपालले शशस्त्र द्वन्द भोग्नुपर्यो । त्यसकाल खण्डमा दुवै पक्षबाट यातना, यौनजन्य हिंसा, जबरजस्ती बेपत्ता पारिने र स्वेच्छाचारी हत्या लगायतका कयौं संख्यामा मानव अधिकार हननका घटनाहरू भए । द्वन्द समप्त भएको एक दसक बितिसक्दा पनि पिडितहरूलाई न्यायमा पहुँचका लागी ज्यादै कठिनाई परिरहेको छ ।

द्वन्दको समाप्तिपश्चात पनि स्वेच्छाचारी हत्या, यातना जस्ता मानव अधिकार उल्लङ्घनका घटना अझैपनि घटिरहेका छन्। यहाँ पनि, लामो र जटिल न्यायिक प्रक्रियाहरू, कारावाही गर्न अधिकारीहरूको अनिच्छ्या र न्यायको लागि भएका निकायहरूबारे जानकारीको कमीका कारणहरूबाट पिडितहरू न्याय खोज्न निरुत्साहित हुन्छन। केहि भने आवाज उठाउँदा थप खतरामा पो परिने हो कि भन्ने त्रासमा छन् ।

परिणामस्वरूप दशौँ हजार नेपालीहरू न्यायको पर्खाईमा रहेका छन् । उनीहरूले त्यतिबेला मात्र यथार्थमा आफ्नो अधिकार हासिल गर्नेछन् जब देशले दिगो शान्ति स्थापना गर्दछ ।

हाम्रा साझेदारहरू

ह्युमन राईट्स र जस्टिस सेन्टरको स्थापना यसका संस्थ्गत साझेदारहरूबिना सम्भव थिएन। हामी खासगरी नेपालस्थित बेलायती वैदेशिक एवं कमनवेल्थ कार्यालयहरु, जर्मन राजदुतावास र संयुक्त राष्ट्रसंघको यातना पिडितहरूका लागी भोलूंटरी कोषप्रति आभारी छ। साथै हामी युरोपियन युनियन, मिसेरियर र क्यान्टन अफ जेनेभाप्रति पनि आभार व्यक्त गर्न चाहन्छौं।

मिशन

Our mission is to create a culture of human rights compliance and accountability in Nepal and act as a catalyst for social change based on the principles of gender equality, substantive equality, and intersectional justice to address human rights violations.

भिजन

The HRJC envisions a just society where there is easy accessibility to justice for the victims of human rights violations and abuses.