WHAT WE DO?

खोजपूर्ण र सहभागितामूलक विधि

The HRJC provides free legal support and representation services to victims, regardless of their background, or religious or political affiliation. Through a network of qualified and trusted Nepalese human rights lawyers, it litigates cases domestically and internationally, to punish perpetrators and bring victims justice and redress. The HRJC makes a creative use of the law, exploring innovative legal avenues and strategies to promote accountability. All cases are selected and analyzed by the HRJC, before being assigned to the most adequate lawyer on its roster. A HRJC legal advisor – specialized in human rights issues – will follow the case throughout the proceedings, in synergy with the appointed lawyer and the victim.

क्रियाशील सबैलाई सबल बनाउने

एचआरजेसी नेपालका न्यायिक क्षेत्रमा क्रियाशीलहरुबीच मानवअधिकार संस्कृति निर्माण गर्ने उद्देश्य राख्दछ । तसर्थ, यसले कानुन व्यवसायीहरुलाई विशिष्टिकृत ढंगको प्रशिक्षण तथा कोचिंङ्गहरु गर्नुका साथै डकुमेन्टेसन (दस्तावेजीकरण) र मुद्दा दायर गर्ने जस्ता क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुलाई कानुनी सहायता पनि प्रदान गर्दछ ।

त्यसका अलावा पीडितहरुलाई न्यायिक प्रणालीको निटक पुर्याउन उनीलाई सवल बनाउनु अर्को महत्वपूर्ण काम हो, जसका लागि एचआरजेसी पीडितहरुको लागि सवलीकरण कार्यशालाहरु आयोजना गर्ने गर्दछ, ता कि उनीहरुले आफ्नो अधिकारको बारेमा अझ बढी बुझ्न सकुन् र ती प्रक्रियाहरुमा थप संलग्न हुन सकुन् ।

वृहत्तर सहकार्यलाई प्रोत्साहन

संरचनागत तहहरुमा पनि परिवर्तन हुनु पर्दछ भन्ने कुरामा एचआरजेसी विश्वास गर्दछ । तसर्थ यसले राष्ट्रिय निकायहरुसँग निष्पक्ष कानुन र नीतिहरुका लागि पक्षपोषण (लविङ्ग) गर्दछ । त्यस काममा यसले खासगरी संयुक्त राष्ट्रसंघीय मानव अधिकार निकायका निर्णयहरु कार्यान्वयन गराउन जोड दिने गर्दछ ।

सो उद्देश्य हासिल गर्न एचआरजेसी नेपाल र अन्तर्राष्ट्रियस्तरका कयौँ साझेदारहरु जस्तै गैर सरकारी संस्था, कुटनीतिक नियोग र विज्ञ व्यक्तिहरुसँग सहकार्य गर्दछ । ती सबै मिलेर नेपालमा विधिको शासन स्थापित गर्न र दण्डहीनता विरुद्ध अझ प्रभावकारी तवरले लड्नका लागि समन्वयात्मक कार्य योजना तयार गर्दछन् ।